काठमाडौं । भारतले नेपाललाई दिएको १५ वटा मुर्रा जातका राँगा नेपाल आइपुगेका छन् ।
भारतले दिएका १५ राँगा बुधबार बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिएका छन् ।
नेपालले उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन लामो प्रयास समयदेखि प्रयास गरेको थियो । ती राँगा सिरहाको लहान पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने भएको पशु सेवा विभागले जनाएको छ ।
भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्जमा तीन वटा राखिने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भएको औपचारिक भ्रमणका क्रममा भारतले उन्नत जातका मुर्रा राँगा दिने प्रतिबद्धता जनाएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment