समाचार समाज

सुन्तला खाँदा अड्किएर गुल्मीमा ३ वर्षीय बालकको मृत्यु

काठमाडौं । सुन्तला खाँदा अड्किएर गुल्मीमा ३ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिका गाउँपालिका ५ छापहिले राङ्लाका आयुष ठकुरी रहेका छन ।
घरको छतमा बसेर घाम ताप्दै बिहीबार दिउँसो आमा छोराले सुन्तला खाएका थिए । बोक्रा तासेर सुन्तला खाने क्रममा बालकको घाँटीमा दुई केस्रा सुन्तला अड्किएर श्वास फेर्न गारो भएपछि उनलाई उपचारका लागि गुल्मी अस्पतालमा परिवारले पुर्‍याएका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दिउँसो २ः३० बजे बालकको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो ।
बालकका परिवार गुल्मीको सदरमुकाम तम्घासस्थित मिलनचोकमा डेरामा बस्दै आएका थिए ।

   

You cannot copy content of this page