खेलकुद समाचार

सप्तरीको छिन्नमस्तामा कुस्ती (दंगल) प्रतियोगिता

कुस्ती (दंगल)

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
हरिवोधिनी एकादशीको अवसरमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ को आयोजनामा तीन दिने कुस्ती (दंगल) प्रतियोगिता शुरु भएको हो ।
वडा नम्बर ३ का वडा अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले संयुक्त रुपमा पहलमानहरूसँग हात मिलाई प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा नेपाल र भारतका गरी २६ जना पहलमानको सहभागिता रहेको छ । जसमा ६ जना महिला पहलमान र २० जना पुरुष पहलमानको सहभागिता रहेको छ ।
प्रतियोगिता मंसिर १० गते सम्म चल्ने आयोजकले जनाएको छ।
तराई मधेसका जिल्लामा निकै लोकप्रिय रहेको कुस्ती हेर्नका लागि हजारौं दर्शकहरु अखडामा पुग्ने गर्दछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page