मधेस प्रदेश समाचार

राजविराजमा वेश्यावृत्ति गराएको आरोपमा गेष्ट हाउसका संचालक र म्यानेजर पक्राउ

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

राजविराज, १० मंसिर । सप्तरीको सदरमुकाम राजविराजमा महिलालाई जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा सप्तरी प्रहरीले होटल सञ्चालक र मेनेजरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर सप्तरीको महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल रहेका छन्।
उनीहरूले गेष्ट हाउस सञ्चालन गरी फोन सम्पर्कको आधारमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले गेष्ट हाउसमा छापा मार्दा सञ्चालक मिश्र र मेनेजर मण्डलले जबरजस्ती वेश्यावृती गराउने कार्यमा राखिएका पाँच जना महिलाहरू फेला पारेको थियो।
फेला परेका महिलामा २५ देखि ३५ वर्ष उमेरका एक जना सुनसरीका र चार जना सप्तरीका महिला छन्।
पक्राउ परेका दुबैजना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको सप्तरी प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page