मधेस प्रदेश समाचार

सप्तरी : सिमा नाकाबाट एक थान पेस्तोल सहित दुई राउन्ड गोली बरामद

कञ्चनरुप, ११ मंसिर । सप्तरीको वलान विहुल नाकाबाट सशस्त्र प्रहरीले एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ। सशस्त्र प्रहरीले बलान बिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमावर्ती क्षेत्रबाट आइतबार मध्यराति पेस्तोल र गोली बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित दुई जनाले कपडाको पोका फालेर भारततर्फ भागेका थिए। कपडाको पोका खोली हेर्दा एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले बताउनु भयो ।
बरामद पेस्तोल र गोली आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सशस्त्र प्रहरी बल गण नम्बर ६ ले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page