समाचार

हुलाकी राजमार्गमा कालोपत्रेको काम शुरु भएपछि स्थानीय हर्षित

राजविराज । हुलाकी राजमार्गको राजविराज-कञ्चनरुप खण्ड अन्तर्गतको डिमनदेखि बनौलीसम्मको कालोपत्रेको काम शुरु भएको छ।
हुलाकी राजमार्ग निर्देशनालय,आयोजना कार्यालय इटहरीलाई जनस्तरबाट दिएको निरन्तर दबाबले सोही खण्डमा बाँकी रहेको कालोपत्रेको काम ठेकेदार कम्पनी बज्रगुरुले शुरु गरेको हो ।
धुलोबाट आजित स्थानीयहरु सडकको काम शुरु भएपछि हर्षित भएका छन्।
त्यस्तै, सोही सडकमा पर्ने बनौलीस्थितको कालिया खोला-१ को पक्की पुलको बाँकी रहेको २० प्रतिशत काम अविलम्ब सम्पन्न गर्न लामा बामती कन्स्ट्रक्सन कम्पनीलाई स्थानीयहरुले आग्रह गरेका छन् ।

You cannot copy content of this page