मधेस प्रदेश समाचार

जबरजस्ती करणी आरोपित कांग्रेस नेता चौधरी धरौटीमा रिहा

राजविराज, १९ मंसिर । जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका आरोपित धरौटीमा रिहा भएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनेका दिपेन्द्रकुमार चौधरी आज (मंगलबार) धरौटीमा रिहा भएका हुन् ।
जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद सुवेदीको इजलाशले आज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मङ्सिर ८ गते २६ वर्षीया महिलालाई जवरजस्ति करणी उद्योग गरेको आरोपमा पक्राउ परेका चौधरीलाई प्रहरी तथा सरकारी वकिल कार्यालयले १० दिनमै अनुसन्धान सकेर अदालतमा बुझाएको थियो ।
घरमै सञ्चालन गरेको पीडितको पसलमा मङ्सिर ३ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले आरोपित चौधरीलाई मङ्सिर ८ गते पक्राउ गरी जवरजस्ति करणी उद्योग मुद्दा दर्ता गरेको थियो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ७ गते स्वास्थ्य परीक्षण भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page