कोशी प्रदेश समाचार समाज

चोरी मुद्धाका फरार प्रतिवादी सुनसरीबाट पक्राउ

बिराटनगर, ९ पुस । सुनसरीबाट प्रहरीले चोरी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ३ का ३५ वर्षीय राजु तामाङ रहेका छन ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले खोजतास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
चोरी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७७।०६।२९ गतेको फैसलाले ९ दिन कैद र १ हजार रुपैया जरिवाना भई तामाङ फरार रहेका थिए ।
पक्राउ परेका तामाङलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सुनसरी जिल्ला अदालतमा बुझाईएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page