कोशी प्रदेश समाचार

स्रोत नखुलेको १९ लाख ९० हजार नेपाली रुपैयाँ सहित एक पक्राउ

बिराटनगर, १२ पुस । बिराटनगरबाट स्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन ।
बिराटनगर महानगरपालिका ६ केशलियाबाट स्रोत नखुलेको नेपाली रुपैयाँ सहित देवानगंज गाउँपालिका ५ सुनसरीका ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाईकल चालक साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १९ लाख ९० हजार फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page