मधेस प्रदेश समाचार

सप्तरीबाट स्रोत नखुलेको ५ लाख बढी भारतीय रुपैयाँसहित भारतीय नागरीक पक्राउ

कञ्चनरुप, २१ पुस । सप्तरी प्रहरीले स्रोत नखुलेको पाँच लाख २९ हजार ९ सय ७० भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको भरफोर पञ्चायत सुब्बाटोलका संजयकुमार यादव रहेका छन ।
सप्तरीको राजगढ गाउँपालिका २, झौराचौकमा शुक्रबार साँझ सवारी साधन चेकजाँच गर्ने क्रममा बिआर ५० बी १५४२ नम्बरको टिभिएस मोटरसाइकलको डिक्कीमा राखेको स्रोत नखुलेको विभिन्न दरका नोटहरु जम्मा ५ लाख २९ हजार ९ सय ७० भारतीय रुपैयाँसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादवको साथबाट भारतीय रु ५०० को नोट ३३९ थान, रु २०० को नोट ५३० थान, रु १०० को नोट १९८० थान, रु ५० को नोट १०३४ थान, रु २० को नोट १९७ थान, रु १० को नोट ८८३ थान र दुई वटा मोवाइल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page