मधेस प्रदेश समाचार

सप्तरीको कल्याणपुरबाट १ हजार ६ किलो लागूऔषध गाँजा बरामद

सप्तरी, २१ पुस । सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुरबाट प्रहरीले शुक्रबार साँझ १ हजार ६ किलो लागूऔषध गाँजा बरामद गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उक्त गाँजा सार्वजनिक गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८३१ नम्बरको टिपरमा लोड गरिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२८ वटा बोरामा पोका पारी टिपरको डालामा तल गाँजा राखी बालुवाले छोपेर ल्याउने क्रममा समातिएको सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
उक्त गाँजासहित टिपर चालक धनकुटाको शहिदभूमी गाउँपालिका ४ बस्ने ३२ वर्षका विशेष राईलाई पक्राउ गरिएको र उनको साथबाट १ लाख नगद समेत बरामद भएको एसपी बज्राचार्यले जानकारी दिनुभयो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page