समाचार

सहयोगी सहकारीद्वारा १७ औं स्थापना दिवसको अवसरमा रक्तदान

कञ्चनरुप, ३ माघ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप-८ ले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।
रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रेडक्रस कार्यालय राजविराजको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष अनोज कुमार यादवले बताए । सहकारीले हरेक बर्ष यसप्रकारको सामाजिक काम गर्दै आएको उनको भनाइ छ ।
रक्तदाता अभिषेक गौतमले रक्तदान सबैभन्दा ठुलो धर्म भएको बताए । गौतमले यो सहित १४ औं पटक रक्तदान गरेको बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page