समाचार

धर्मीहल्फाद्वारा अपाङ्ग, एकलमहिला तथा बृद्धबृद्धाहरुलाई ब्ल्याङ्केट वितरण

कञ्चनरुप, ३ माघ । धर्मीहल्फा महिला विकास क्लबले सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित चौफालका १३ जनालाई ब्ल्याङ्केट वितरण गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रमका बिच धर्मीहल्फा महिला विकास क्लब सप्तरीले अपाङ्ग, एकल महिला तथा बृद्धबृद्धाहरुलाई ब्ल्याङ्केट वितरण गरेको हो ।
क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले अपाङ्ग, एकलमहिला तथा बृद्धबृद्धाहरु गरी १३ जनालाई ब्ल्याङ्केट वितरण गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिका महासचिव बृजमान तामाङले जाडोमा धर्मीहल्फा महिला विकास क्लबले न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेर पुन्यको काम गरेको बताउनुभयो । ब्ल्याङ्केट पाउँदा सबै जना उत्साहित बनेका थिए ।
क्लबका अध्यक्ष यादवले आगलागि पिडित तथा लक्षित वर्गका व्यक्तिलाई न्यानो कपडा दिदैं आएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page