मधेस प्रदेश राजनीति

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

सप्तरी, ९ माघ । मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो।
शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए ।
सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेस सरकारबाट जनमत पार्टी अलग भएको छ ।
पार्टीका संसदीय दलका नेता तथा मन्त्री महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए । ‘नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं।’ विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरी मुख्यमन्त्री सरोज कुमार यादवलाई पनि भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page