कोशी प्रदेश समाचार

कटारी बसपार्कबाट लागुऔषध गाँजासहित अनिता पक्राउ

उदयपुर, १० माघ । उदयपुरबाट प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका १ की २८ वर्षीया अनिता राई रहेकी छन् ।
मंगलबार दिउसो उदयपुरको कटारी नगरपालिका ३ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले ८ किलोग्राम लागुऔषध गाँजा सहित राईलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page