मधेस प्रदेश समाचार

सप्तरीबाट बन्दुक, गोली र वन्यजन्तुको मासू सहित झा पक्राउ

कञ्चनरुप, १९ माघ । सप्तरीबाट प्रहरीले बन्दुक र गोलीसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–५ का शैलेशकुमार झा रहेका छन ।
चोरी शिकारी भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका ८ स्थित बैष्णोदेवी मन्दिर नजिक २२५ नं कोशी बाँध छेउबाट झालाई २२ बोरको मेगानम राइफल र ४१ राउन्ड गोलीसहित पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीले उनको साथबाट २२ बोर मेगनम (राईफल) १ थान , यसमा लाग्ने ४१ थान गोली, २ थान म्याग्जिन, १ थान गन स्टेन, क्यामेरा १ थान, पावर बैंक १ थान, मोवाईल १ थान, लाईट १ थान र दुई वटा बोरामा काटिएको वन्यजन्तु मृगको जस्तो देखिने ३५ केजी मासु फेला परेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।
पक्राउ परेका झालाई थप अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय राजविराज सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page