कोशी प्रदेश समाचार समाज

झापामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, १६ फागुन । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
झापाको बाह्रदर्शी गाउँपालिका ६ स्थितमा करेन्ट लागेर स्थानीय २८ वर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको हो ।
मंगलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

   

You cannot copy content of this page