बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

‘लिभिङ टुगेदर’मा बस्दै आएकी २६ वर्षीय महिलाको हत्या आरोपमा शेर्पा पक्राउ

संखुवासभा, २७ फागुन । संखुवासभाको खाँदवारीमा महिलाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाको खाँदवारी नगरपालिका ११ घर भई खाँदवारी नगरपालिका ७ मा बस्दै आएका ३१ वर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सिलिचोङ गाउँपालिका २ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ वर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका ७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page