सुनसरी, २८ फागुन । ईटहरीबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका १६ बाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १६ का ३१ वर्षिय सुजन भन्ने बालकृष्ण घिमिरे र सोही घटनामा संलग्न रहेका ईटहरी ८ का २३ बर्षिय प्रिवेष पौडेल रहेका छन् ।
लागू औषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आइतबार, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले प्रदेश १( ०२(०४७ प। १९५३ नम्बरको मोटरसाईकलमा सवार रहेका घिमिरेलाई चेकजाँच गर्ने क्रममा निजले चुरोटको बट्टामा लुकाई राखेको ४ ग्राम ७७० मिलिग्राम र उनैले घरमा लुकाई राखेको ३ ग्राम सहित जम्मा ७ ग्राम ७७० मिलिग्राम खैरो हेरोईन सहित निजलाई पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न रहेका पौडेललाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।