मधेस प्रदेश समाचार समाज

महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा ५९ वर्षीय पुरुषलाई कैद र जरिवाना

राजविराज । सप्तरीमा ४५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा एक पुरुषलाई ६ महिना कैद र जरिवाना गर्ने फैसला भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका–९ देउरीका ५९ वर्षीय लक्ष्मण महतोलाई सप्तरी जिल्ला अदालतले मंगलबार कैद र जरिवाना गर्ने फैसला गरेको हो ।
जिल्ला न्यायाधीश उदवीर नेपालीको इजलासले आरोपितलाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको हो ।
घरमा कोही नभएको अवस्थामा बरण्डामा सुतिरहेकी पीडितलाई ०७५ फागुन २९ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले ०७५ चैत ५ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् । पीडितका पति रोजगारका लागि काठमाडौंमा थिए भने एक छोरा बोडर्समा पढ्थे । घरमा रहेकी दुई छोरी नसिबलाल साहको छोरीको विवाहमा गएको बेला घटना भएको पीडितले बताइन् ।
पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ चैत ५ गते भयो । प्रहरीले ०७५ चैत १० गते आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा ०७५ चैत २७ गते अभियोजनपत्र दायर भएकोमा न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले आरोपित चैत २९ गते ७५ हजार धरौटी राखि पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले घटनालाई ०७८ फागुन ८ गते यौन दुर्व्यवहारमा परिणत गर्ने फैसला गरेको थियो । उच्च अदालत जनकपुर राजविराज इजलासले समेत ०७९ पुस १ गते जिल्ला अदालतको फैसला सदर गरेपछि पीडितले ०८० कात्तिक २१ गते जिल्ला अदालतमा यौन दुर्व्यवहारको उजुरी दर्ता गर्नुभएको थियो ।

   

You cannot copy content of this page