कोशी प्रदेश समाचार समाज

धरानबाट ३ सय १८ किलो गाँजा र धारीलो तरवार सहित ३ जना पक्राउ

सुनसरी, ७ बैशाख । सुनसरी प्रहरीले लागूऔषध गाँजा र धारीलो हतियार तरवार सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उप महानगरपालिका ११ का २५ वर्षीय नकुल राई, २६ वर्षीय सानु राई र धरान १८ का २० वर्षीय प्रज्वल भुजेल रहेका छन् ।
धरान उप महानगरपालिका २० स्थितबाट बिहीबार राती १ बजे कार्कीछाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ३ सय १८ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थान बरामद गरेको छ ।
लागूऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान भईरहेको छ ।

   

You cannot copy content of this page