कोशी प्रदेश समाचार समाज

संखुवासभामा भाइको कुटपिटबाट दाजुको मृत्यु

संखुवासभा, ८ वैशाख । संखुवासभामा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । सभापोखरी गाँउपालिका ३ एथुम्बु स्थितमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको हो ।
शुक्रबार अपरान्ह ५ बजे स्थानीय ४१ वर्षीय सनमान राई (बोल्न नसक्ने) लाई सामान्य घरायसी बिवादको क्रममा निजको भाइ ३८ वर्षीय प्रविन राईले कुटपिट गर्दा घाईते भएका थिए । घाइते उनको सोहि दिन बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको थियो ।
घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

   

You cannot copy content of this page