कोशी प्रदेश समाचार समाज

पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु

पाँचथर, १० बैशाख । पाँचथरको हिलिहाङ गाउँपालिकामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु भएको छ ।
हिलिहाङ ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा स्थानीय ५१ वर्षीय मन कुमार सिगुको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर मन कुमार घाईते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जनाएको छ ।

   

You cannot copy content of this page