समाचार

राजविराजमा बजार अनुगमन , पाँच पसललाई ५ हजारका दरले जरिवाना

राजविराज, १० वैशाख । राजविराजमा सोमबार बजार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको टोलीद्वारा राजविराजका विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।
बजार अनुगमन टोली खटिदा व्यापारीहरु पसल बन्द गरेर भागेका थिए ।
अनुगमनको क्रममा पाँच किराना पसललाई प्रतिबन्धित सामान विक्री वितरण गरिएको पाइएकाले ५ हजारका दरले जरिवाना गरिएको छ । भारतीय प्रतिबन्धित सामान, लेबल नभएको सामान र बिल नभएको सामान बिक्री गरेको पाइएपछि ती पसललाई जरिवाना गरिएको हो ।
राजविराज ७ स्थित गोपाल एन्ड जेनेरल स्टोर, सिफा फ्रुट सेन्टर आरयुपी जेनेरल सफ्लायर्स, अनिल किराना र राजविराज ६ स्थित सन्तोष किराना पसललाई पाँच हजारको दरले जारीमाना गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रहरी प्रमुख गजुसिद्दी बज्राचार्य, सशस्त्र एसपी, अनुसन्धान एसपी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल पत्रकार महासंहघका प्रतिनिधिको सहभागिता रहेको थियो ।

   

You cannot copy content of this page