मधेस प्रदेश समाचार समाज

कञ्चनरुपमा पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १० वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर ९ बस्ने बिक्रम रामको ७ वर्षीय छोरा विशाल राम रहेका छन ।
आइतबार दिउँसो कञ्चनरुप नगरपालिका ८ भगवती मन्दिर नजिक रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो ।
बालक पोखरी नजिक खेल्ने क्रममा पानीमा डुबेका थिए । मृतक बालकको शव परिक्षण गरि सोमबार परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाइएको छ ।
मृतक बालक भगवती राष्ट्रिय प्राथमिक विधालयको कक्षा २ मा अध्यनरत थिए । शोकमा सोमबार विद्यालय विदा गरिएको प्रधानाध्यापक रिना भट्टराई आचार्यले बताउनुभयो ।

   

You cannot copy content of this page