शिक्षा समाचार

गाउँले विद्यार्थीको अनुसन्धानलाई सहयोगको आग्रह

रुपनगर, १२ वैशाख । रूपनगर नन्दराज संग्रौला क्याम्पसका २२ जना विद्यार्थीले विभिन्न सामाजिक, आर्थिक, मनोवैज्ञानिक विषयमा अनुसन्धान थालेका छन् ।
सप्तरीको समाजमा गरिने यी अनुसन्धानबाट सामाजिक, आर्थिक, मनोवैज्ञानिक आदि विभिन्न विषय र क्षेत्रकाबारेमा नयाँ यथार्थ थाहा पाइने अपेक्षा राखिएको छ । ती अनुसन्धानबाट सिर्जना हुने नयाँ ज्ञान र हात लाग्ने परिणाम तथा निष्कर्षलाई अनुसन्धानमूलक वैज्ञानिक लेखका रूपमा प्रकाशन गरिनेछ ।
विद्यार्थीहरूलाई अनुसन्धान पद्धति सिकाएर समाज अध्ययन गर्न सक्ने बनाउनु रूपनगर क्याम्पसको मुख्य उद्देश्य हो। स्नातक उतीर्ण गरिसक्दा अनेक जीवन उपयोगी शीपमा पोख्त र बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने क्याम्पसको ध्येय हो ।
अध्ययन अनुसन्धानमा मात्र होइन, हरेक कुरामा पछाडि परेका गाउँका यी विद्यार्थीको प्रयासलाई प्रोत्साहन र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।
ुफिल्ड वर्क मा लाग्ने खर्च मात्र पनि जुटाइदिन पाए यी जागरूक विद्यार्थीलाई हौसला मिल्ने थियो ।
प्रा. दीपक कुमार गजुरेल
क्याम्पस प्रमुख
सहयोगका लागि क्याम्पसको ब्याङ्क विवरण :
Account name: ROOPNAGAR NANDARAJ SANGRAULA CAMPUS
Account No.: 26901017500108
Swift Code: NARBNPKA
QR Code: 👇

   

You cannot copy content of this page