कोशी प्रदेश समाचार समाज

वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ वर्षीय बृद्धको मृत्यु

खोटाङ, १३ बैशाख । खोटाङमा वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको रावाबेशी गाउँपालिका १ का ८५ बर्षीय सिद्धी बहादुर श्रेष्ठ रहेका छन ।
बुधवार दिउँसो रावाबेशी १ हरामटार मैन चौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अचानक आफैलाई आगोले पोल्दा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटना स्थलमा प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

   

You cannot copy content of this page