कोशी प्रदेश समाचार समाज

दुहवीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर, १४ बैशाख । सुनसरीको दुहवीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई हाल ईटहरी उपमहानगरपालिका १३ हुलास वायर (फलाम) फ्याक्ट्रीका कामदार २२ वर्षीय सिकेन्दर राम चमार रहेका छन् ।
बिहीबार साँझ ७ बजे दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको प्रदेश नं १-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री रामलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते रामको उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो ।
घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको जनाएको छ ।

   

You cannot copy content of this page