समाचार

गृह मन्त्री लेखीद्वारा फत्तेपुर प्रहरी चौकीको निरिक्षण

कञ्चनरुप, १५ वैशाख । मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले शनिवार सप्तरीको सप्तकोसी नगरपालिका स्थित रहेको प्रहरी चौकीको निरिक्षण गर्नुभएको छ।
मन्त्री लेखीले प्रहरी चौकीको निरिक्षण गरी तहाँ रहेको वस्तु स्थितिको बारेमा बुझ्नुको साथै शान्ति सुरक्षाको अवस्थालाई थप प्रभावकारी वनाउन क्रियाशिलता वढाउन निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखीले मन्त्रालयको तर्फबाट गर्नु पर्ने र गर्न सकिने कार्य गरिने कुरामा बिश्वस्त रहन आग्रह गर्नु भएको छ ।
मन्त्री लेखीसहित प्रहरी नायब महानिरिक्षक यज्ञ बिनोद पोखरेल लगायतका टोलीले प्रहरी चौकीको निरिक्षण गर्नुभएको हो ।
प्रहरी चौकीको स्तर उन्नती, चुस्त दुरुस्त सेवा प्रवाहको लागि मोटर साइकलको आवश्यक्ता रहेको विषयमा मन्त्री समक्ष सप्तकोशी नगरपालिका वडा नम्बर दुई का वडाध्यक्ष जाहिर हुसेनले जानकारी गराउनु भयो ।

सप्तकोशी नगरपालिका उदयपुर र सप्तरी जिल्ला छुट्याउने सिमा रहेको र बढ्दो सहरीकरण सङ्गै लागू औषध दुर्ब्यबसनीहरुको हब बन्दै गएको ले यस प्रहरी चौकिलाई क वर्गको इलाका प्रहरी कार्यालय बनाउनु पर्ने कुरा स्थानिय समाज सेवी पारस दाहालले बताउनुभयो ।
सो अनुगमन टोलीमा कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र , पञ्च देव लगायतको उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page