कोशी प्रदेश समाचार समाज

झापाबाट लागुऔषध ब्राउन सुगरसहित जफिर आलम पक्राउ

झापा, १६ बैशाख । झापाबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका ४ का जफिर आलम रहेका छन ।
झापाको झापा गाउँपालिका ५ स्थितबाट आलमलाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे १० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेका आलमको साथबाट १६ ग्राम ब्राउन सुगर र नगद ११ हजार रुपैया सहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाइको छ ।
प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका आलमको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

   

You cannot copy content of this page