खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा संचालित मधेश प्रदेश स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा बैशाख २१ गते देखि २३ गते सम्म संचालित प्रतियोगितामा मधेश प्रदेश र उदयपुर जिल्लाका गरि ३ बिधामा जम्मा ७२ जोडीले सहभागिता जनाएका थिए ।
सप्तरी जिल्ला स्तरीय बिधामा जिल्लाका २२ जोडीको सहभागिता जनाएको प्रतियोगितामा राजबिराजका शुशिल मन्डल र सरोज तामाङको जोडीले सप्तकोसीका नवराज खत्री र अमर बिकको जोडीलाइ २१-१९ र २१-१३को अन्तरले पराजित गर्दै प्रथम भएका छन् । त्यस्तै नवराज खत्री र अमर बिकको जोडी दोस्रो, खगेन्द्र कार्कीको जोडी, सुरज खडका र रमेश पौडेल जोडी, सुजल चौधरीको जोडी तेस्रो भएका छन् ।


मास्टर डबलस ओपन ९० पलसमा २७ जोडीले सहभागिता जनाएको प्रतियोगितामा उदयपुरका दिपक राइ र बलबहादुर कार्कीको जोडी लाइ २३-२५,२१-१७ र २१-१३ को अन्तरले पराजित गर्दै न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरका खेलाडी सन्तोष कटवाल र सुनिल परियारको जोडी प्रथम भएका छ्न भने खगेन्द्र बल जोडी बिष्णु ढुङेल महोत्तरी र जिबन राइ जोडी, चित्र थापा उदयपुरका खेलाडी तेस्रो भएका छ्न ।
प्रतियोगिताको मेन्स डबलस ओपनमा जोनजसराज र पवन यादव सप्तरीको जोडीले बिनय चौधरी र सुजल चौधरीको जोडी सप्तकोसीलाइ २२-२०,१२-२१ र २१-१८ को अन्तरले हराउँदै प्रथम, बिनय चौधरी र सुजल चौधरीको जोडी दोस्रो भए भने न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब सप्तकोसीका सन्तोष कटवाल र सुनिल परियारको जोडी र यमकुमार रमौली मगर र सुमित थोकर धनुषा तेस्रो भएको आयोजकले जनाएको छ।


प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाइ, मेन्स डबलस ओपन तर्फ क्रमशः शिल्ड मेडल सहित नगद २५ हजार र पन्द्र पन्द्र हजारका दरले बितरण गरिएको र सप्तरी जिल्ला स्तरीय प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने टिमलाइ क्रमश १५ हजार र आठ आठ हजारका दरले बितरण गरिएको छ । मास्टर डबल्स ९० प्लस लाइ २० हजार र बाह्र बाह्र हजारका दरले पुरस्कर बितरण गरिएको आयोजक कमिटीका सदस्य अजय श्रेष्ठले जानकारी दिए ।
सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना तथा न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सह आयोजना र जिल्ला ब्याडमिन्टन संघ सप्तरीको प्राबिधिक सहयोगमा मधेश प्रदेश स्तरीय प्रथम मेयरकप ब्याडमिन्टन च्याम्पियनसिप २०८१ संचालन भएको थियो ।


नगर खेककुद बिकास समिति सप्तकोसीका अध्यक्ष सुरेश खडकाको अध्यक्षतामा तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाका निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा ,सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन, सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरी नेपाल ब्याडमिन्टन संघ मधेश प्रदेशका उपाध्यक्ष दिपककुमार खड्का ,जिल्ला ब्याडमिन्टन संघ सप्तरी अध्यक्ष दिपक कार्की , नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल,नेकपा माओवादीका सप्तकोसी नगर अध्यक्ष गुणराज कोइराला, मनकामना बहुमुखी सहकारी संचालक समिति अध्यक्ष अशोककुमार चौधरी लगायतको उपस्थिति रहेको थियो।



