मधेस प्रदेश समाचार समाज

वैंकका सुरक्षागार्ड फुयालको हत्यामा संलग्न आरोपमा एक व्यक्ति पक्राउ

खगेन्द्र कार्की /
फत्तेपुर, ३० वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा रहेको नेपाल वैंक लिमिटेडका सुरक्षागार्ड पर्शुराम फुयालको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरि आइतबार सार्बजनिक गरेको छ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा न ५, गंगाजली घर भएका ३२ वर्षीय चन्द्रबहादुर सुवेदी रहेको प्रहरीले जनाईएको छ। जिल्ला प्रहरी कार्यलय सप्तरीका अनुसार हत्यामा संलग्न रहेका सुबेदिलाइ चितवन प्रहरीको सहयोगमा राप्ती नगरपालिका वडा न १ लोथर चितवन बाट शनिबार साझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेद्वारा जारि प्रेस बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।
अभियुक्तले हत्यामा प्रयोग गरेको खुकुरी,घटनाको समयमा बोकेको झोला,घटनाको समयमा लगाएको जुत्ता पन्जा सेन्डो,घटनामा प्रयोग गरेको हेक्सो ब्लेड रेन्च पिलास, डोरि , रड र घटना स्थलमा प्रयोग गरेको काठ बरामद गरेको बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।
नेपाल बैंक लिमिटेड फत्तेपुर शाखामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका सप्तकोशी नगरपालिका वडा न २, सिद्धिपुरका ५५ वर्षीय फुयाँल बिहीबार विहान बैंकको सुरक्षा गार्डको कोठामै मृत अबस्थामा फेला परेका थिए। फुयालको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले जनाएको छ। बिगत ८ वर्षदेखि नेपाल बैंकमा सुरक्षा गार्डको काम गर्दै आएका फुयाल बिहिवार बिहान ५ बजे सम्म बैंकको गेटको ढोका नखोले पछि प्रहरीलाइ खबर गरि गेटको चाबि काटि गार्डको कोठामा हेर्दा फुयाल रगताम्बे अबस्थामा मृत अबस्था रहेको फत्तेपुर प्रहरी चौकिका प्रमुख अरुणकुमार यादवले जानकारी दिए ।
बैंकमा रहेको सिसिटिभि फुटेज हेर्दा बैंक लुट्न आएका लुटेराले खुकुरी प्रहार गरि हत्या गरिएको अनुसन्धानबाट खुलेको छ ।
बैंकमा रहेको सिसिटिभि फुटेज हेर्दा रातको १२ बजेर ३७ मिनेट जादा हातमा नाङ्गो खुकुरी सहित झोला बोकेको एक जना नकाबधारि मान्छे बैंकमा देखिएको र बैंकको क्यास काउन्टर लगायत विभिन्न भागमा खानतलासी गर्दै बैंकमा भएको पैसा निकाल्ने प्रयास गरेको देखिन्छ ।
बैंकमा पैसा राखेको भल्ढ फोर्न नसके पछि बैंकमा भौतारि राखेको लुटेराले सुरक्षा गार्ड माथि आक्रमण गरेको र गार्डले प्रतिकार गर्दा गर्दै लुटेराको खुकुरी प्रहार गरि गार्डको हत्या गरेर बिहान ४ बजेर १८ मिनेटमा लुटेर बैंक बाट निस्किएको सिसिटिभि फुटेजले देखाएको छ ।
फुयालको शवको वरिपरी र बैंक भित्र रगतका टाटा र रगत लागेको खुट्टाको पाइला देखिएका कारण फुयालको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरि अनुसन्धान अगाडी बढाएको थियो । सुरक्षा गार्ड फुयालको कस्ले हत्या गर्यो भन्ने बिषयमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार सीसीटीभी फुटेज र शवको वरीपरी रगतका टाटा देखिएकाले हत्या भएको शंका देखिएकोले घट्ना बारे थप अनुशन्धान गरि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page