कञ्चनरूप, १८ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिकाको क्षेत्रमा जारी रहेको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको २०८३ साउन १८ गते बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जनाएको हो।
सूचनाअनुसार साउन १८ गते बिहान १०:०० बजेदेखि लागू हुने गरी राजविराज र बोदेबर्साइन नगरपालिकामा कायम रहेको निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा हस्ताक्षरित सूचनामा निषेधाज्ञा हटाइएकाले सर्वसाधारणलाई सामान्य जनजीवन सञ्चालन गर्न तथा सम्बन्धित सबै पक्षलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ।
यसअघि सम्भावित सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। हाल शान्ति सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि उक्त आदेश हटाइएको प्रशासनले जनाएको छ।













