कोशी प्रदेश समाचार समाज

लागुऔषध ओसार पसारमा संलग्न १ जनालाई गोली प्रहार गरी नियन्त्रण

मोरङ, ०१ जेष्ठ । मोरङको रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ वर्षीय भगिरथ हरिजनलाई मंगलबार दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका(६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो ।
बिआर ३८ क्यु ३८३० नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको दाहिने तीघ्रामा गोली लागेको छ ।
उनको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने १ सय ५८ ग्राम धुलो पदार्थ (प्लाष्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निग्रानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

   

You cannot copy content of this page