कोशी प्रदेश समाचार

भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद

मोरङ, भदौ ३१ गते । मोरङमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–८, हरिश्चन्द्रगढीस्थित सीमावर्ती क्षेत्रबाट १४० कार्टुन ब्रोइलर कुखुराका चल्ला बरामद गरेको हो।

भारतबाट अवैध रूपमा चोरी–निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका चल्लाको अन्दाजी मूल्य रु. ७ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका कुखुराका चल्ला आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

You cannot copy content of this page