मधेस प्रदेश समाचार समाज

सप्तरीको फत्तेपुरमा एक पुरुष मृत फेला

कञ्चनरुप, २ जेठ । सप्तरीमा एक जना पुरूषको शव फेला परेको छ । बुधबार दिउँसो साढे १२ बजे जिल्लाको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमामा पुरूष मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
कवाडी सामान संकलन गरेर जिविका चलाउँदै आएका ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् । सामानको भारी बोकेर हिडिरहेका बेला अचानक लडेर वेहोस भएको र तत्कालै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।
प्रहरीले उनको हर्टएट्याकका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ।
स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी भारतीय नागरिक हुन । उनी लामो समयदेखि फत्तेपुरमै वस्दै आएको जनाईएको छ।

   

You cannot copy content of this page