कोशी प्रदेश समाचार समाज

९७ किलो बेवारीसे लागुऔषध गाँजा बरामद

सुनसरी, जेठ ०९ गते । सुनसरीको देवानगंजबाट ९७ किलो बेवारीसे लागुऔषध गाँजा बरामद भएको छ । देवानगंज गाउँपालिका २ यादवटोल स्थितबाट उक्त बेवारीसे लागुऔषध गाँजा बरामद भएको हो ।
मंगलबार बेलुका ८ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रहेको बाग्मती ८ च १२५५ नम्बरको कार बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त कारको डिकि भित्रबाट ४ वटा बोरामा रहेका ९७ किलोग्राम गाँजा फेला पारेको थियो ।
कार चालकको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

   

You cannot copy content of this page