कोशी प्रदेश समाचार समाज

त्रियुगाबाट मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ

उदयपुर, १४ जेठ । उदयपुरको त्रियुगा नगरपालिका १२ सोनापुरबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाईकल चोरीमा संलग्न खोटाङ दिक्तेल मझुवागढी नगरपालिका १७ का २६ वर्षीय अर्जुन प्रधान रहेका छन ।
गत बिहिबार सोही स्थानको एक घरमा पार्किङ गरी राखेको प्रदेश नं १-०५-००१ प २४६० नम्बरको मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त भएसगै खोजतलासमा खटिएको प्रहरी टोलीले शुक्रबार उक्त मोटरसाईकल त्रियुगा नगरपालिका ११ इनार चोक स्थित वर्कशपमा मर्मत गर्ने क्रममा फेला पारी मोटरसाईकल चोरीमा संलग्न प्रधानलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका प्रधानको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

   

You cannot copy content of this page