कोशी प्रदेश समाचार समाज

बिराटनगरबाट ब्राउनसुगर सहित २ जना पक्राउ

बिराटनगर, १४ जेठ । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी-५ का ३२ बर्षीय सुरज चौधरी र सुन्दरहरैचा-८ का ३० बर्षीय निशान पुलामी मगर रहेको मोरङ प्रहरीले जनाएको छ ।
आईतबार दिउँसो बिराटनगर महानगरपालिका १५ बाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ४ ग्राम ९६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page