समाचार समाज

१५ वर्षीया बालिका बलात्कार घटनाका आरोपित बालक पक्राउपछि बालसुधार गृहमा

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ भएका फरार बिज्याईकर्ता १७ वर्षीय बालकलाई जेठ १० गते बालसुधार गृह वीरगञ्ज पठाइएको छ ।
आरोपित बालक जेठ ९ गते पक्राउ भएका थिए । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले बिज्याईकर्ता बालकलाई सोही दिन बालसुधार गृह वीरगञ्जमा पठाउने आदेश गरेपछि बालकलाई जेठ १० गते वीरगञ्जस्थित बालसुधार गृह पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।
आरोपितले २०८० साउन १० गते बलात्कार गरेको भन्दै पीडितकी ४१ वर्षीया आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा साउन ११ गते उजुरी दिएकी थिइन् । खडक नगरपालिका ४ स्थित राजाजी जंगलको पहाड डाँडामा बाख्रा चराउन, दाउरा काट्न गएका बेला आरोपितले बलात्कार गरेको पीडितले बताइकी छिन् ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहान, सिरहामा साउन ११ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनामा साउन २१ गते उजुरी दर्ता भएको थियो । आरोपितविरुद्ध साउन २२ गते पक्राउ पुर्जी जारी भएपनि आरोपित फरार थिए ।

   

You cannot copy content of this page