खेलकुद समाचार

सप्तरी प्रिमियर लिग :फाइनलका लागि भोलि कञ्चनरुप र छिन्नमस्ता बीच प्रतिस्पर्धा हुने

राजविराज । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको शनिवार सम्पन्न दोस्रो क्वालीफायरमा कञ्चनरुप राइनोजले सनराइज एघार तिलाठी कोइलाडीलाई ३ विकेटले पराजित गरेको छ ।
पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुत टाइगर्सले फाइनलमा स्थान पक्का गरेसँगै छिन्नमस्ताले अब फाइनल प्रवेशको लागि दोश्रो मौका पाउनेछ। आइतबार दोश्रो क्वालीफायरमा छिन्नमस्ता र कञ्चनरुप राइनोज बीच प्रतिस्पर्धा हुनेछ।
आज सम्पन्न इलिमीनेटरमा कञ्चनरुपले सनराइज तिलाठी कोइलाडीलाई पराजित गरेको हो। पराजित हुँदै तिलाठी कोइलाडी प्रतियोगिताबाट बाहिरिएको छ।
शनिबार सम्पन्न इलिमेनेटरमा सनराइज एघार तिलाठी कोइलाडीले दिएको १२५ रनको लक्ष्य कञ्चनरुप राइनोजले १५.१ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको छ ।

कञ्चनरुपको लागि ओपनर सुभ कंसकारले सर्वाधिक ७१ रन बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४० बलमा ५ चौका र ७ छक्का प्रहार गरे। अरनिको यादवले २६ तथा राशिद खानले अविजित १० रन बनाए। बलिंगतर्फ तिलाठी कोइलाडीका दिपेश सरदारले ३, नारायण जोशीले २ तथा तृत राजदास र विशाल सुश्लिंगले १/१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले १५.२ ओभरमा सबै विकेट गुमाएर १२४ रन बनाएको थियो।
तिलाठी कोइलाडीको लागि तृत राज दासले सर्वाधिक ५१ रनको योगदान दिए जुन क्रममा उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अभिषेक तिवारीले ३० तथा बिशाल सुश्लिंगले १२ रन बनाए। बिनोद भण्डारीले ६ रन मात्र बनाउन सके।
बलिंगतर्फ कञ्चनरुप राइनोजका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.२ ओभरमा १५ रन खर्चिए । राहुल मण्डलले २ विकेट लिंदा चित्र बहादुर बिस्ट, उमेश चौधरी र अरनिको यादवले समान १/१ विकेट लिए।

   

You cannot copy content of this page