समाचार

सप्तकोशीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ वटै  ढोका खोलिए

कञ्चनरूप, २३ असार । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। आइतबार बिहान १०:३०  बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ७०  हजार क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । 
कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ । 
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ। 
सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सप्तरी, उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासन्दिालाई सुरक्षति रहन केन्द्रले अनुरोध गरेको छ ।

   

You cannot copy content of this page