कञ्चनरुप, २३ असार । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ ।
आइतबार बिहान ९ बजेसम्म कोशी ब्यारेजमा ३ लाख ५० हजार क्युसेक पानी मापन गरिएको छ ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् ।
सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सप्तरी, उदयपुर, सुनसरी र सप्तकोशी नदी कनारका बासन्दिालाई सुरक्षति रहन केन्द्रले अनुरोध गरेको छ ।



