मधेस प्रदेश समाचार

कोसी नदी किनारबाट १ सय १५ किलो गाँजा बरामद

कञ्चनरूप ,३० साउन। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोसी व्यारेजबाट प्रहरीले आज अबैध गाँजा बरामद गरेको छ । ब्यारेज स्थित गोलघर नजिक कोसी नदीको किनारबाट प्रहरीले बुधबार बिहान १ सय १५ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो ।
कोशी नदीको किनारमा बेवारिसे अवस्थामा काठको डुङ्गामा लोड गरी राखेको ८ वटा बोरामा रहेको १ सय १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद भएको गाँजा बारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page