समाचार

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख क्युसेक नाघ्यो

कञ्चनरूप, १२ असोज । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ ।
शनिबार दिउँसो १:३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ५ लाख २१ हजार क्यूसेक भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
पानीको बहाब लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको  छ । 
तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । 
यस्तै भारतको बिहार राज्य अन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाब ६ लाख ८१ हजार क्यूसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ । 

   

You cannot copy content of this page