समाचार समाज

प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको कपडा र मोटरसाईकल नियन्त्रण

कञ्चनरूप, २२ असोज । सप्तरी प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा र मोटरसाईकल नियन्त्रणमा लिएको छ । 
मंगलबार बिहान राजबिराज नगरपालिका वडा नं. ७ सखडा मोड सडक स्थितबाट वेवारिसे अवस्थामा रहेको मधेश प्रदेश ०६-००१ प १९३४  नम्वरको  सुपर स्पेलेण्डर मोटरसाईकलमा लोड गरी राखेको बोरामा कपडा (सुती साडी-२८थान) समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
जिल्ला प्रहरी कार्यालयबाट गस्ती पट्रोलिङ गर्न खटिएको प्रहरी गस्ती टोलीले उक्त मोटरसाइकल र कपडा नियन्त्रणमा लिएको हो ।
वरीपरीका स्थानियसँग सोधपुछ गर्दा कसैले दाबी नगरेकोले ,उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको जनाइएको छ ।

   

You cannot copy content of this page