समाचार

प्रेस चौतारी नेपाल तेह्रथुमको अध्यक्षमा उमेश नेपाली

काठमाडौं । प्रेस चौतारी नेपाल तेह्रथुमको आठौँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

अधिवेशनले उमेश नेपालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिव विनोद भट्टराई निर्वाचित हुनुभएको छ भने सहसचिव सरस्वती राई र डिबी लिम्बु लिम्बु निर्वाचित हुनुभएको छ । 

अधिवेशनबाट कोषाध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित हुनुभएको छ ।

   

You cannot copy content of this page