समाचार

प्रेस चौतारी नेपाल, सप्तरीको अध्यक्षमा डम्बर राई

कञ्चनरूप, २६ माघ । प्रेस चौतारी नेपाल, सप्तरीको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले डम्बर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा शिव प्रसाद आचार्य , महिला उपाध्यक्षमा नानीमैया कटुवाल निर्वाचित हुनुभएको छ । यस्तै कमिटीको सचिवमा कृष्ण मण्डल धानुक, सह-सचिवमा उत्सव आचार्य ,नविन कुमार यादव र कोषाध्यक्षमा भुपदेव माली निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा कमल मण्डल , मनोज मेहता , अनिता चौधरी र रवि शर्मा निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख आतिथ्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की , नेकपा एमाले सप्तरी जिल्ला सचिव देवनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव ,जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा ,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष अम्बिका दाहाल , प्रेस युनियनका सप्तरी अध्यक्ष बिनयलाल कर्ण, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य नर्मदेव यादव लगायतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका निर्वाचित पदाधिकारीहरुलाई गम्छा र सम्मान पत्र प्रदान गरेर सम्मान समेत गरिएको थियो ।

   

You cannot copy content of this page