समाचार समाज

सप्तरीमा बैकिङ्ग कसुर मुद्दाका फरार साह पक्राउ 

कञ्चनरूप, २ फागुन । सप्तरी प्रहरीले बैकिङ्ग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैकिङ्ग कसुरमा कैद र जरिवाना तोकिएका राजविराज नगरपालिका १३ का ३३ वर्षिय रमेशप्रसाद साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

बैकिङ्ग कसुर मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरि साहलाई  एक लाख २५ हजार जरिवाना तथा १ दिन कैद सजाय तोकेका थियो । 

पक्राउ परेका साहलाई शुक्रबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरी  म्याद लिई थप अनुसन्धान तथा सजाय भुक्तानका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page