समाचार समाज

सप्तरी :१५ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

कञ्चनरूप, १९ फागुन । सप्तरीमा १५ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ३ बस्ने कैला उपनामका सुमित कुमार यादव रहेका छन्  ।

फागुन १५ गते रातिको अ.९/१० बजेको समयमा नाबालिका आफ्नै घर बाहिर पिसाब फेर्न निस्कदा पिडितकै आँगनमा रहेको कलमा पानी लिन आएका प्रतिवादी यादवले नियन्त्रणमा लिई आफ्नो किराना पसलमा लगेर जर्वजस्ती करणी गरेका थिए । 

करणी गरी फरार भएका यादवलाई फागुन १६ गते नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page